७ मंसिर २०८३, सोमबार

लकडाउन खुलेकै भोलिपल्ट मालपोतका हाकिम पाँच साथीसँग ८ लाख घुससहित पक्राउ

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । करीब ३ महिना लकडाउनपछि कार्यालय खुलेकै भोलिपल्ट मालपोत कार्यालय डिल्लीबजारमा ८ लाख रुपियाँ घुस लेनदेन गर्दागर्दै प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित मंगलबार राति पक्राउ गरेको हो ।

गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका थिए । सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी ८ लाख २० हजार घुस दिएपछि कँडेलसहित ५ जना पक्राउ परेका छन् ।

घुससहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोविन्द अधिकारीको फितलो प्रशासनका कारण त्यो कार्यालय नै अस्तब्यस्त छ ।

भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अधिकारी जस्ता कार्यालय संचालन नै गर्ननसक्ने उपसचिवलाई डिल्लीबजार जस्तो संवेदनशील मालपोत कार्यालयको प्रमुखका रुपमा पठाउँदा त्यो कार्यालय पटक पटक विवादमा पर्दैआएको छ ।

भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यभार सम्हाल्नासाथ यो घुस प्रकरणले उनलाई पनि चुनौती थपेको छ ।