
काठमाडौँ, २ असार । दाङमा एक जना नेपाली सैनिकलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
ताप्लेजुङ घर भएका उनी घोराहीमा कार्यरत थिए । बेलझुण्डी कोरोना विशेष अस्पतालका अनुसार ३३ वर्षीय ति सेनालाई सोमाबार संक्रमण पुष्टि भएको जनाएको छ ।
उनलाई कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा संक्रमण फैलिएको जनाइएको छ ।
त्यस्तै, जिल्लामा एक जना २० वर्षीया गर्भवती महिलामा पनि संक्रमण पुष्टि भएको छ । बंगलाचुली गाउँपािलका वडा नं. ६ की ति महिला जेठ १३ गते भारतबाट आएकी थिइन् ।















प्रतिक्रिया