
सुर्खेत, २ असार । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणमुक्त भइ आज १९१ जना घर फर्केका छन् ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट २७, सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् ।
कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित ३४२ जना संक्रमणुमक्त भई घर फर्केका छन् । स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कोरोना सङ्क्रमण जितेर घर जानेको क्रम अझैं बढ्ने बताउनुभयो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका ५ र सुर्खेतका ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ८६ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । –रासस















प्रतिक्रिया