४ कार्तिक २०८३, बुधबार

योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड बढीको गैरकानुनी आर्जनमा मुद्दा दायर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । सम्पति शुद्धिकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लख रुपैयाँ गैरुकानुनी रुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको हो । विभागले जम्मा ५ जनाविरुद्ध मुद्दा हालेको हो ।

विभागले श्रेष्ठकी श्रीमती, छोराहरु समेत गरेर ५ जनाविरुद्ध मुद्दा हालेको हो ।

श्रेष्ठ तथा सिद्धार्थमान मास्केविरुद्ध यसअघि अनियमितताकै आरोपमा ३ वर्षको कैद फैसला भइसकेको छ । अख्तियारले दायर गरेको मुद्दामा उनलाई दोषी ठहराएको छ । त्यही अनुसन्धान हुँदा सम्पत्ति शुद्धिकरण विभागले श्रेष्ठले सम्पत्ति आर्जन गरेको पाएको हो ।