४ कार्तिक २०८३, बुधबार

थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या करिब ६६ सय, थप ११७ डिस्चार्ज

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । गत २४ घण्टामा थप ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो तथ्यांकसहित संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जनाए ।

त्यस्तै, मंगलबार थप १ सय १७ जना संक्रमित कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १ हजार १ सय ५८ रहेका छन् । त्यस्तै, कोरोना संक्रमणले १९ जनाको मृत्यु भएको छ ।