
काठमाडौँ, २ असार । सत्तारुढ नेकपाले संविधान संशोधनको दिन अनुपस्थित हुने सांसदहरुलाई ५ दिने स्पष्टिकरण मागेको छ ।
सरकारको संसदमा दर्ता गराएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का लागि शनिबार संसदमा मतदान भएको थियो ।
अतिक्रमित भूभाग समेटिएको नेपालका नक्सा निशान छापमा पनि प्रयोजनमा ल्याउनका लागि संविधान संशोधन भएका थियो ।
उक्त ऐतिहासिक अवसरमा नेकपाका ४ जना सांसदहरु उपस्थित थिएनन् । उनीहरुलाई पार्टीमा उपस्थित भएर स्पष्टिकरण दिन निर्देशन गरिएको छ ।
शनिबार नेकपाका हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डल अनुपस्थित रहेका थिए ।















प्रतिक्रिया