४ कार्तिक २०८३, बुधबार

अनियमितता भए सेनालाई पनि छाडिदैन : प्रधानमन्त्री ओली

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा कोही दोषी पाइए नेपाली सेनालाई पनि नछाड्ने बताएका छन् ।

उनले कोरोना नियन्त्रणको खर्च आफूले हेरिरहेको बताउँदै उनले त्यस्तो जनाएका हुन् ।

त्यसैगरी, प्रधानमन्त्री ओलीलाई कांग्रेसका सांसदहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । सांसदहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए ।

ध्यानाकर्षण बुझ्दै प्रधानमन्त्री ओलीले भने, ‘कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेका होस्, छाड्दिनँ ।’

त्यस्तै, लकडाउन खुकुलो गरेसँगै नेपालमा कोरोनाको जोखिम बढेको ओलीले बताए । यसको रोकथामका लागि सबै दलले जनतामा चेतना जगाउनुपर्ने पनि उनले बताए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टिनहरु व्यवस्थित नभएका स्वीकार गरेका छन् ।

नेपालमा कोरोना नियन्त्रणमै रहेको बेलामा भारतबाट ठूलो संख्यामा नेपाली आएपछि ह्वात्तै समस्या बढेको ओलीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीसँग आफूले कुरा गरेपछि क्रमसँग नेपाली आउने वातावरण होला भन्ने सोचेको तर एकै पटक बढी आएकोले समस्या भएको बताए । ‘यो त क्वारेन्टिनभन्दा पनि भारतबाट आएकाहरुलाई एकै ठाउँमा राखेको मात्र हो’ उनले भने ।

कांग्रेस साँसदहरुले आरडीटी परीक्षण रोक्नुपर्ने र पीसीआरको दायरा बढाउनुपर्ने माग राखेका थिए ।