
काठमाडौँ, २ असार । गोरखामा थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा संक्रमितको संख्या २४ जना पुगेको छ । संक्रमितहरु गोरखा नगरपालिकाका ७ जना, बारपाक सुलीकोटका २ जना र गण्डकी गाउँपालिकाको एक जना रहेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले उनीहरुमा कोरोना संक्रमण पुष्टि गरेको हो ।
यसैबीच एक जना संक्रमित काठमाडौँबाट पैदल हिँडेर गोरखा पुगेको खुलेको छ । उनको सम्पर्कमा आएकाको ट्रेसिङ भइरहेको जनाइएको छ ।















प्रतिक्रिया