७ मंसिर २०८३, सोमबार

एक बालिकासहित गुल्मीका ११ जनामा कोरोना भाइरसको संक्रमण देखियोे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । मुसिकोट नगरपालिकाका ८ र रेसुङ्गा नगरपालिकाका ३ सहित गुल्मीमा मंगलबार ११ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

रुपन्देहीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा मुसिकोट नगरपालिकाका ५ बर्षिया बालिकासहित ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको छ । योसँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ११ पुगेको हो ।

रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।