४ कार्तिक २०८३, बुधबार

एक महिलाले जन्माइन् क्वारेन्टाइनमै बच्चा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बागलुङ, १ असार । बागलुङको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन् ।

निसीखोला गाउँपालिका ५, निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २१ वर्षीया महिलाले आज छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताउनुभयो ।

ती महिला १२ दिनदेखि क्वारेन्टाइनमा छिन् ।

सुत्केरीका श्रीमानसमेत क्वारेन्टाइनमा छन् । भारतको पञ्जावबाट आएका श्रीमान श्रीमतीको गत २९ जेठमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिए पनि रिपोर्ट आएको छैन । –रासस