४ कार्तिक २०८३, बुधबार

चौरजहारी घटना : वडाध्यक्षले ६ जनाको हत्या गर्ने स्थिति सिर्जना गरेको गृहको निष्कर्ष

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । जाजरकोटका नवराज विकलगायत ६ जनाको हत्या गरेको अभियोगमा प्रहरीले वडाध्यक्षसहित ३४ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दालगायत छुवाछुतविरुद्धको मुद्दा जाजरकोट अदालतमा बहस भइरहेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी आफ्नी प्रेमिकालाई लिन भनेर जेठ १० गते सोती गएका थिए । नवराजसहित १९ जना सोती पुगेका थिए ।

उनीहरुमध्ये ६ जनाको हत्या भएको छ । जातीयताका कारण हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

त्यसैगरी, चौरजहारी वडा नं. ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले प्रहरीलाई समेत गुमराहमा राखेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयद्धारा गठित ६ सदस्यीय छानविन समितिले बुझाएको प्रतिवेदनबारे सोमाबार विज्ञप्ति जारी गर्दै मल्लले लकडाउनमा नवराज विकलगायत गाउँ प्रवेश गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई गलत सूचना दिएर गलत ठाउँमा पठाइ गुमराहमा पारेको जनाएको छ ।

त्यस्तै, मल्लले उनले प्रहरीलाई गलत सूचना दिएर अर्कोे ठाउँमा पठाएर ४ किलोमिटर गइसकेका पीडितहरुलाई लखेट्दै ढुंगा, मुढा गरी नवराज विकसमेत ६ जनाको ज्यान लिनेसम्मको परिस्थिति सिर्जना गरेका थिए भन्ने विज्ञप्तिमा उल्लेख छ ।

घटनामा दोषी आरोपित हिरासतमा लिइएका विभिन्न मानिसहरुले नवराजसहित ६ जनामाथि कुटपिट गर्दै हत्या गरेर भेरी नदीमा फालेको बयान दिएका छन् ।

प्रहरीलाई दिएको बयानमा किशोरीले आफूलाई त्यस दिनको घटना थाहा नभएको तर बुबा, दाजुलगायतले नवराज र उसका साथीहरुलाई कुटपिट गरेर मारेको मलाई विश्वास लागेको छ बताएकी छन् ।

त्यस्तै, किशोरीकी आमाले जातीयताका कारण इज्जत गुम्ने डर भएकाले अगाडीदेखि बनाएको योजनाअनुसार मारेका हौँ भन्ने बयान दिएकी छन् ।

त्यसैगरी, किशोरीकी दाजुले पनि पछ्याउँदै गएर गाउँलेहरुसहितले कुटपिट गर्दै मारेर भेरी नदीमा हालेका हौँ भन्ने प्रहरीसमक्ष बयान दिएका छन् ।