
काठमाडौँ, १ असार । प्रदेश २ मा थप १ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ जना महिलासहित थप १ सय ७१ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । थपिएका संक्रमितहरु सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका रहेका छन् ।
सोमबार रौतहटमा मात्रै थप ९८ जनामा कोरोना पुष्टि भएको छ भने महोत्तरीका ३० जना रहेका छन् । त्यसैगरी सर्लाहीका २३ जना, पर्साका १० जना, सिराहा र धनुषाका ४/४ जना र बाराका २ जना संक्रमितहरु थपिएका हुन् ।















प्रतिक्रिया