४ कार्तिक २०८३, बुधबार

क्वारेन्टिन लगिँदै गरेका युवकको भीरबाट हामफाल्दा मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १ असार । क्वारेन्टाइनमा लगिँदै गरेका युवकको भीरबाट हाम फाल्दा मृत्यु भएको छ ।

उनलाई बागलुङ लैजाँदै गर्दा सोमबार बिहान कुश्मा नजिकैको भीरबाट हाम फालेका थिए । कुश्मा–८ चुवाको भीरबाट हामफालेका बागलुङ नगरपालिका–१३ का चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।

उनी भारतको चेन्नईबाट सुनौली नाका हुँदै आएका थिए ।

हाम फालेपछि टाउकोमा गम्भीर चोट लागेको अवस्थामा सडकदेखि करिब ५० मिटर तल भीरमा अड्किएका नेपालीलाई नेपाल प्रहरीले उद्धार गरेर पर्वत अस्पताल ल्याएका थिए ।

थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा लुम्ले पुग्दा बाटैमा मृत्यु भएको पर्वत अस्पतालले जनाएको छ ।

उनीसँगै अन्य ८ जना लु १ ख ४२२० नम्बरको बसमा बागलुङ जाँदै गरेका थिए । सडक हिलो भएपछि बसबाट ओलिएर सडकबाट हाम फालेका थिए ।