
जनकपुर, ३२ जेठ । प्रदेश २ मा ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परिक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सा, बारा, रौतहट र सर्लाहीमा क्रमश १७, ९, ७ र १ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताइएको छ । पर्सामा ३ जना महिला छन् भने अरु संक्रमित सबै पुरुष रहेको अस्पतालले जनाएको छ । पर्साको पोखरिया क्वारेन्टिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जना, पोखरिया क्वारेन्टिनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष छन् ।
यस्तै, विन्दबासिनी क्वारेन्टिनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुष, जिराभवानी क्वारेन्टिनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुष, धोविनी क्वारेन्टिनका २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
बाराका पचरौता २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।











प्रतिक्रिया