बेइजिङ, ३२ जेठ । चीनकाे बेइजिङमा रहेकाे होलसेल बजारका ४५ जना मानिसमा कोरोना भाइरस संक्रमण प्रमाणित भएपछि उसले आफूलाई युद्धकालीन समयमा राखेको जनाएकाे छ ।
योसँगै राजधानीले शनिबार सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको आशंका हुन थालेको छ ।
सहरको दक्षिण पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँका जिल्ला अधिकारीले बताएका छन् । उनीहरू कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।
संक्रमण प्रमाणित भएसँगै एसियाकै ठूलो होलसेल कृषि बजार ठानिएको सो क्षेत्रलाई चौबिसै घण्टा सुरक्षाकर्मीको उपस्थिति रहनेगरी लकडाउन गरिएको छ ।















प्रतिक्रिया