दैलेख, ३२ जेठ । शनिबार दैलेखको नारायण नगरपालिका –१ को त्रिभुवन उच्च माध्यामिक विद्यालयको क्वारेन्टीनमा बसेका कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ ।
क्वारेन्टाइनमा बसेको एक महिना वितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि क्वारेन्टीनका संक्रमित घर जान लाग्दा संक्रमित र प्रहरीबीच झडप भएको हो ।
झडप हुँदा चार जना कोरोना संक्रमित घाईते भएका छन् । घाइतेलाई एम्बुलेन्सद्वारा उपचारका लागि सरस्वती माविको आइसोलेशनमा लगिएको छ ।
जिल्लामा संक्रमित बढदै गएपछि नारायण क्याम्पसलाई आईसोलेशन बनाएपछि त्यहाँ रहेका आरडीटी पोजेटिभलाई त्रिभुव माविको क्वोन्टीनमा राखिएको थियो ।
आइसोलेसनमा बसेकाहरूले महिना दिन पुग्दा पनि पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानापिन व्यवस्था राम्रो नभएको भन्दै संक्रमितले आन्दोलन गरेका थिए ।
आरडीटी पोजेटिभ र नेगेटिभलाई एउटै ठाउँमा राखेपछि संक्रमण फैलिने सक्ने भन्दै छिटो पीसीआर रिपोट आउनुपर्ने संक्रमित मागरहेको एक संक्रमितले बताए ।
आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको र स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले स्वीकार गरे ।
प्रहरीको कुटाइबाट एक जनालाई अलि बढी चोट लागेको छ । भने तीन जना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।
बढी घाइते भएका नारायण नगरपालिका ६ का युवक हुन् । घाइते युवकका बाबुका अनुसार आइसोलेसनमा बसेकाले नगरप्रमुखसँग कुरा गर्न चाहेको बताएपछि नारायण नगरपालिका –१ का वडाध्यक्षले प्रहरी लगाएर मारपिट गरेको आरोप लगाए ।
विद्यालयको आइसोलेसनमा करिब ३४ जना संक्रमितलाई राखिएको छ । केही दिनअघि विद्यालयको क्वारेन्टाइनमा बसेकाले खानेपानी नपाएको भन्दै आन्दोलन गरेका थिए ।











प्रतिक्रिया