४ कार्तिक २०८३, बुधबार

रौतहटमा ९० सहति प्रदेश २ मा थपिए १०७ जना कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६ जना महिला रहेका छन् । संक्रमितहरु महोत्तरीका १ जना, सर्लाहीका ११ जना, रौतहटका ९० जना र पर्साका ५ जना रहेका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ जना पुगेको छ ।

त्यस्तै, शनिबार प्रदेश २ मा २ जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । एक जना ५ वर्षीय बालकसहित २ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी, विभिन्न स्थानका क्वारेन्टिनमा रहेकाहरुको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । १४ हजार भन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रदेशमा गत २४ घण्टामा थप २९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ४ सय ४९ पुगेको छ ।