
काठमाडौँ, ३१ जेठ । विप्लव समूहका एक जना नेतालाई विष्फोटक पदार्थ बनाउन प्रयोग हुने २६० वटा सामाग्रीसहित प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यको कोठामा छापा मारेर ललितपुर प्रहरीले विष्फोटक पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद सामग्रीमा ह्याण्ड ग्रिनेड बनाउन प्रयोग हुने कभर १८० वटा, आधा विष्फोटक पदार्थ भएको ग्रिनेड ३५ वटा, विष्फोटक पदार्थ बनाउन प्रयोग हुने कच्चा पदार्थ १४ वटा, स्टील बल ९, स्टील बल प्याकेट १२, गन पाउडर २ बट्टा, डेटोनेटर एउटा र दुई वटा रिमोट सेट बरामद भएका छन् ।
शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार घरमा पनि छापा मारेको हो ।
उनीविरुद्ध हात हतियार सम्बन्धी कसूर, राज्यविरुद्धको अपराध लगायतका अभियोग लगाउने प्रहरी तयारी छ ।















प्रतिक्रिया