४ कार्तिक २०८३, बुधबार

शनिबारको संसदमा थिएनन् यी १६ जना सांसदहरु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ जेठ । नेपालको नयाँ निशान छापका लागि नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित भएको छ ।

यस ऐतिहासिक अवसरमा भएको मतदानमा १६ जना सांसद अनुपस्थित भएका थिए । उनीहरु निर्वाचनमा भाग लिएनन् ।

कूल २७५ जना संसद रहेको प्रतिनिधिसभामा २५८ जना मात्रै उपस्थित रहेका थिए । नेकपाका ४ जना सांसदहरु अनुपस्थित थिए । उनीहरु बिरामी भएको त कोही घाइते भएको बताइएको छ । त्यस्तै, कांग्रेसका ३ जना सांसद उपस्थित थिएनन् ।

संसदमा चार जना सांसद निलम्वनमा परेका कारण उपस्थित हुन पाएनन् भने बाँकी १३ जना पनि आएनन् । को को सांसद उपस्थित भएनन् त ?

शनिबारको प्रतिनिधिसभाको ऐतिहासिक बैठकमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल अनुपस्थित रहेका थिए ।

त्यसैगरी, सूर्यनारायणण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल (निलम्बित), विजयकुमार गच्छदार, मोहम्मद आफताव आलम, हरिनारायण रौनियार, रेशम चौधरी उपस्थित थिएनन् ।

सरिता गिरी भने उनको संशोधन प्रस्ताव अस्वीकृत भएपछि बैठकबाट बाहिरिएकी थिइन् । सभामुखलाई मत दिने अधिकार हुँदैन ।

सम्पूर्ण सांसदको आधारमा दुई तिहाइ हुन १८४ जना सांसदको आवश्यक हुन्छ । तर त्यो भन्दा बढी २५८ जनाले संशोधनको पक्षमा मतदान आएको थियो ।