४ कार्तिक २०८३, बुधबार

सरकारको कदम र संसदको निर्णयप्रति नागरिकमा खुशी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । शनिबार प्रतिनिधिसभा बैठकले एक ऐतिहासिक निर्णय गरेको छ ।

सबै राजनीतिक दलहरुले अद्भूत एकता देखाउँदै नेपालको निशान छापमा नयाँ नक्सा राख्नका लागि संविधान संशोधनमा मतदान गरेका छन् ।

यो विशेष निर्णय देशभर स्वागत भएको छ । नेपालका वुद्धिजीवि एवम कलाकारहरु लगायत आम नागरिकले नयाँ निशान छापको निम्ती संशोधन विधेयक पारित भएको खुशी व्यक्त गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल सेयर गरेर सरकार तथा सम्पूर्ण राजनीति दललाई धन्यवाद दिइरहेका छन् ।

त्यस्तै, उनीहरुले अबको चुनौती औल्याउँदै सरकारलाई अडिग भएर भूमि फिर्ता लिन हौसला पनि दिएका छन् । कतिले सरकारले अतुलनीय रुपमा प्रशंसनीय कार्य गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

हुन पनि सदियौँदेखि गुमेको भूभाग यो सरकारले फिर्ता गर्ने दरिलो प्रयास थालेको छ । अब सबै नागरिक एउटै आवाज छ व्यवहारिक फिर्तिा नआइञ्जेल सरकारले खुट्टा नकमाओस् ।

त्यसैगरी, दलहरुबीच समृद्धि, शान्ति तथा पारदर्शिताको मामिलामा पनि यस्तै किसिमको उदाहरणीय एकता देख्न पाइयोस् ।