२ कार्तिक २०८३, सोमबार

संविधान संशोधनका लागि मतदान सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ जेठ । संघीय संसदको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकको मतदान प्रक्रिया सुरु भएको छ ।

संविधान संशोधनको विषयमा दफाबार छलफल सकिएपछि मतदान प्रक्रिया सुरु भएको हो ।

निशान छाप रहेको नेपालको नक्सालाई नेपालको सीमाअनुरुप परिवर्तन गर्नका लागि संविधान संशोधन हुन लागेको हो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि त्यस अनुसारको संविधानको अनुसूचीमा रहेको नक्सा अद्यावधिका लागि संशोधन विधेयक जेठ ९ गते दर्ता गराइएको थियो ।