
काठमाडौँ, ३१ जेठ । शनिबार थप २ सय ७३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या भने ५ हजार ३ सय ३५ पुगेको छ ।
त्यस्तै, थप २६ जना संक्रमित कोरोनामुक्त बनेका छन् । यससँगै कोरोना जित्नेको संख्या ९१३ जना पुगेको छ ।
संक्रमितहरुमध्ये ४ हजार ९ सय ४९ जना पुरुष छन् भने ३ सय ८६ महिला महिला रहेका छन् । त्यस्तै, ७७ मध्ये ७२ जिल्लामा संक्रमण फैलिएको छ ।
त्यस्तै, शनिबारसम्म लाख ५० हजार ५ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । ४ हजार ४ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म एक लाख २७ हजार २ सय ८८ जनाको पीसीआर र एक लाख ९० हजार ५ सय ८२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।















प्रतिक्रिया