४ कार्तिक २०८३, बुधबार

शनिबार थप २७३ जनामा कोरोना, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ जेठ । नेपालमा गत २४ घण्टामा थप २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

देशका विभिन्न जिल्लाका प्रयोशालामा गरिएको परीक्षणमा थप २ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार २४७ पुरुष र ३६ जनामा महिलामा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ जना पुगेको छ ।