
काभ्रे, ३१ जेठ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं.१ बाट खानीखोला गाउँपालिका जोड्ने सडक मनोमानी रुपले निर्माण गरेको पाइएको छ ।
प्राविधिक स्टमेट विपरितको भूभागबाट सडक निर्माण गरेपछि बस्ती नै जोखिममा परेको हो ।
राजनीतिक पहुँचको आधारमा प्राविधिक स्टमेट विपरित एकातिर जानुपर्ने सडकलाई नक्सा नै परिवर्तन गरि अर्कोतिरबाट निर्माण गर्दा तीन घर सहित एक प्राथामिक विद्यालयसमेत उच्च जोखिममा परेका छन् ।
सिमित व्यक्तिको आकांक्षालाई पूरा गर्ने हेतुले सडक निर्माण गरिँदा आफ्नो बस्ती नै जोखिममा परेको स्थानियको गुनासो रहेको छ । केहि स्थानीयलाई प्रभावमा पार्नका लागि कुखुरा भोज समेत गरिएको स्थानीयले बताएका छन् ।
स्टमेट विपरितको सडक निर्माणमा स्थानिय तहका जनप्रतिनीधि तथा स्थानीय प्रशासनका कर्मचारीको समेत मिलोमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।
निमार्णाधिन सडकको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले निरिक्षण गरे पनि स्टमेट विपरित नै सडक निर्माण भएपछि यसमा गाँउपालिकाका अध्यक्षकै मिलेमतोको आशंका गरिएको छ । बागमति प्रदेश माताहात निर्माण भईरहेको उक्त सडक खण्डमा अमृता कन्स्ट्रक्सनले काम गरिरहेको छ ।
उक्त सडकका इन्जिनियर दीपेन्द्रकुमार रोहितले आफूले इस्टिमेट विपरित सडक निर्माण गरिएको र आफूलाई कसैले पनि जानकारी समेत नदिएको बताए ।
उनले दैनिक नेपालसंगको कुराकानीका क्रममा भने, “वडा अध्यक्षले फोन सम्पर्क गर्नुभएको थियो तर मैले लिखित तथा मौखिक सहमति दिएको छ्रैन ।”
केही स्थानीय, स्थानीय जनप्रतिनिधिको मिलामतोमा प्राविधिक स्टमेटमा उल्लेख भए विपरित कमजोर भूभाग खनेर सडक निर्माण गर्दा तीन घर उच्च जोखिममा परेका छन भने खानेपानी, विद्यालयलाई समेत दीर्घकालीन असर पर्ने देखिएको छ ।















प्रतिक्रिया