७ मंसिर २०८३, सोमबार

कोरोना भाइरस : दुई तारेसहित सौराहाका २५ होटल क्वारेन्टाइन बनाउन व्यावसायी सहमत

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३१ जेठ । चितवनको सौराहाका २५ वटा होटललाई क्वारेन्टाइन बनाउन व्यावसायी सहमत भएका छन् । भरतपुर क्षेत्रका २२ वटा होटललाई पनि क्वारेन्टिनको रूपमा प्रयोगका लागि दिने भएका हुन् ।

चितवनमा रहेका दुई तारे होटल पनि क्वारेन्टाइनका लागि प्रयोग हुनेछ । ल्याण्डमार्क फरेस्ट पार्कले ७० बेड दिने भएको हो ।सौराहामा ५९१ बेड क्वारेन्टिन बनाउन दिने निर्णय भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई बताउँछन् ।

संघले होटलहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई पठाइसकेको छ ।

भरतपुर क्षेत्रका २२ वटा होटलले पनि क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र होटल व्यवसायी संघले नौ–नौवटा होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिन तयार भएको जनाएका छन् ।