
काठमाडौँ, ३० जेठ । धादिङको ज्वालामूखी गाउँपालिकामा २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गाउँपालिकाका विभिन्न वडामा २७ जनामा संक्रमण देखिएको हो ।
गाउँपालिकाका ६८ जनाको स्वाबको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जेठ २८ गते ल्याइएको थियो । उनीहरुमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ जना महिला र २५ जना पुरुष रहेका छन् । अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमित हुनेहरु गाउँपालिकाको वडा नं. १ का ५ जना, २ का १० जना, ५ का ३ जना, ६ का ३ जना र ७ का ६ जना रहेका छन् ।















प्रतिक्रिया