४ कार्तिक २०८३, बुधबार

आरडीटी पोजेटिभ देखिएका ५ वर्षका बालकको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० जेठ । बाराको निजगढका आरडीटीमा पोजेटिभ देखिएका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको छ ।

उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोनियाले ग्रस्त थिए ।

चिकित्सकका अनुसार उनको दिमागको नसा सुकेको हुनसक्ने अनुमान गरेका छन् । उनलाई भेन्टिलेटरमा राख्नअघि गरिएको आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ आएको छ ।

उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको छ । साँझ मृत्यु भएका बालकको पीसीआरको रिपोर्ट आउन बाँकी छ ।