४ कार्तिक २०८३, बुधबार

यी ४ जिल्लामा पूर्ण लकडाउन जारी रहने

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । सरकारले ४ जिल्लामा पूर्ण लकडाउन निरन्तर रहने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ सय बढी सक्रिय संक्रमण केस भएको जिल्लामा पूर्ण लकडाउन गरिने भएको छ ।

जसअनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो ।

यी जिल्लाहरुमा ‘एक्टिभ’ संक्रमण संख्या २ सय भन्दा बढी छ । सर्लाहीमा ४ सय ७१, रौतहटमा ५ सय १६, कपिलवस्तुमा ३ सय ५३, र दैलेखमा ४ सय ४३ जना संक्रमित छन् ।

शुक्रबार ४४८ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । जसमा तीन जिल्लामा मात्र २ सय ‘एक्टिभ’ संक्रमण छ ।

करिब ३ महिनापछि पहिलो चरणमा लकडाउनलाई खुकुलो बनाएको हो । यद्यपि कोरोना संक्रमण भने दिनदिनै बढीरहेको छ ।