
काठमाडौँ, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टीको शुक्रबार बसेको पदाधिकारीको बैठकले सरकारले दर्ता गराएको संविधान संशोधनको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।’
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ ।















प्रतिक्रिया