
काठमाडौँ, ३० जेठ । प्रदेश २ मा गत २४ घण्टामा २ सय ४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
जसमा ९ जना महिला तथा १ सय ९५ जना पुरुष रहेका छन् ।
शुक्रबार एकै दिनमा प्रदशका विभिन्न जिल्लामा एकै दिन यतिका धेरै संक्रमित थपिएका हुन् ।
जसमा सप्तरीका १८ जना, सिराहाका ११ जना, धनुषाका १५ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
त्यसैगरी, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशिक जनस्वास्थ्य कार्यालयले जनाएको छ ।















प्रतिक्रिया