
काठमाडौँ, ३० जेठ । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।
अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर फर्कँदा बाटैमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनको जेठ २९ गते रिपोर्ट आएको थियो ।
उनको वुधबार घर फर्किने क्रममा मृत्यु भएको थियो ।
भारतबाट आएका उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो ।
यससँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।















प्रतिक्रिया