४ कार्तिक २०८३, बुधबार

धनुषामा प्रहरी हिरासतमा एकको मृत्यु, हत्या भएको भन्दै आफन्तले छानबिनको माग गरे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० जेठ । धनुषामा प्रहरी हिरासतमा एक जना युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सबैलामा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका सबैला नगरपालिका १२ का २३ वर्षीय शम्भु सदाको मृत्यु भएको हो ।

प्रहरीले शम्भुले हिरासतको शौचालयमा आत्महत्या गरेको जनाए पनि उनको आफन्तले भने उनको हत्या भएको आरोप लगाएका छन् ।

आफन्तले शम्भुको हत्या भएको भन्दै छानविनको माग गरेका छन् । जेठ १२ गतेदेखि सवारी ज्यान कसुरमा हिरासतमा रहेका सदाले गए मंगलबार राती २ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जेठ १२ गते शम्भुले चलाएको ट्रयाक्टरले एक महिलाको मृत्यु भएको थियो भने एक जना बालकको खुट्टामा चोट लागेको थियो ।

दुर्घटनापछि उनी आफैँ प्रहरीकोमा गएका थिए । उनीसँग ट्रयाक्टरको लाइसेन्स भएकोले मालिकले हिरासतबाट निकाल्ने कुरा भइरहेको थियो ।

सदाकी आमाले छोराले आत्महत्या गरेको नभएर हत्या भएको बताइन् । प्रहरीले पनि हिरासतमै भएको घटनाको कारणले प्रहरीमा नैतिक प्रश्न उठेकाले छानबिन गरिने प्रहरीले जनाएको छ ।