४ कार्तिक २०८३, बुधबार

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । चितवनमा थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरुको वुधबार र बिहीबार भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण भएको थियो । उनीहरु सबै माडी नगरपालिकाका रहेको भरतपुर अस्पतालले जनाएको छ । १९७ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु १९ देखि ५१ वर्षका पुरुष रहेका अस्पतालले जनाएको छ ।

यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।