बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लकडाउन खुकुलो भएपछि कसरी बच्ने कोरोना संक्रमणबाट ?

एसपी उप्रेती २०७७ जेठ ३० गते १४:१४

-एसपी उप्रेती

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण फैलिरहेको छ ।

करिब ३ महिनादेखिको लकडाउन नेपाल सरकारले खुकुलो बनाउने निर्णय गरेको छ ।

जे भए पनि नियमित जिन्दगी चलाउनु नै छ । त्यस्तै, संक्रमणको जोखिम कम गर्नु लकडाउन निर्विकल्प उपाय भए पनि रोगभन्दा भोकले मर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाइएको हो ।

सरकारले यस अवस्थामा पनि आम नागरिकलाई सचेत तथा सुरक्षाको उपाय अपनाउन आग्रह गरेको छ । विश्वका अन्य कतिपय मुलुकमा पनि लकडाउन खुकुलो बनाएरै पनि कोरोनाको भयावह नियन्त्रण गरिएको छ ।

यसैबीच अब लकडाउन खुकुलो भएपछि पनि आफूलाई पूर्णरुपमा कसरी स्वस्थ बनाएर अघि बढ्न सक्छौँ त ? सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यस्ता ३ वटा सुझाव दिएका छन् ।

१. सामाजिक दूरी कायम राख्नु : जस्तोसुकै अवस्थामा पनि सकेसम्म सामाजिक दूरी कायम राखेर आफ्नो दैनिक कार्य गर्नुपर्ने डा. पुन बताउँछन् । उनका अनुसार कम्तीमा ६ फिटको दुरीमा रहेर अन्य मानिसहरुसँग सम्पर्क गर्नुपर्छ ।

२. हात धुनु : हामी विभिन्न सामानहरु छुने वा विभिन्न मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा हुने गर्दछौँ । तसर्थ संक्रमण फैलने जोखिम निकै बढ्दछ त्यसैले साबुन पानीले नियमित रुपमा हात धुने गर्नुपर्छ । जसले भाइरसको संक्रमण हुन दिदैन । स्मरण रहोस् जथाभावी हामीले आफ्नो अनुहार छुने नगरौँ ।

३. मास्कको प्रयोग : हालैमात्र विश्व स्वास्थ्य संगठनले पनि कपडाकै भए पनि मास्क लगाउन अनुरोध गरेको छ । जसले गर्दा हामी मानिसको भीडभाड हुने ठाउँमा पनि जाने गर्छौ जसले गर्दा कोही संक्रमितको मुखबाट थुक वा सिँगानको छिटाहरु आफूमा परेर संक्रमण हुनबाट जोगाउँछ ।

यससँगै हामीले निरन्तर सन्तुलित भोजन र स्वस्थ जीवनशैली भने अपनाउनु पर्दछ । त्यसैगरी, आफूलाई मानिसक रुपमा बलियो एवम आत्मविश्वासी राख्नुपर्दछ ।

प्रतिक्रिया
सम्बन्धित