
काठमाडौँ, २९ जेठ । सरकारी कार्यालय दुई सिफ्टमा खुला गर्ने सरकारले निर्णय गरेको छ ।
वुधबार बसको मन्त्रिपरिषद बैठकले शिक्षाबाहेकका सबै सरकारी कार्यालय दुई सिफ्टमा सञ्चाल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् ।
उनका अनुसार कार्यालयहरु विहान ८ देखि १ बजेसम्म पहिलो सिफ्ट र २ देखि ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछ ।
सरकारले उद्योग, व्यापार, विकास आयोजनाहरु, निर्माण सामाग्रीलगायत खुला गरेको छ ।
त्यस्तै, साइकल, मोटरसाइकलमा एक जना मात्रै गरेर चल्न दिने निर्णय गरिएको हो । जोर विजोरमा निजी सवारी साधन चल्नेछन् । गाडीमा भने चालकबाहेक थप २ जनामात्र रहन पाउनेछन् ।















प्रतिक्रिया