
काठमाडौँ, २९ जेठ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।
वुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चारमन्त्री डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
उनका अनुसार सबै प्रकारका ढुवानी सेवा खुला गरिएको छ । सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको खतिवडाले बताए । जसमा सपिङ मल भने खोल्ने निर्णय नभएको उनले बताए ।
यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ ।
यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना चढ्न रोक लगाएको छ ।
यस्तै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा सञ्चालन निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले बताए ।
यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ । यस्तै नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ ।
यसैगरी, रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।















प्रतिक्रिया