
काठमाडौँ, २९ जेठ । रौतहटमा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लामा वुधबार र बिहीबार २ दिनमा थप १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
विभिन्न नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको हो ।
यससँगै रौतहटमा संक्रमितको संख्या ५ सय ३१ जना पुगेको छ । जसमध्ये १ सय २ जना निको भएका छन् ।
थपिएका संक्रमितहरु परोहा नगरपालिकाका ४९ जना, राजपुरमा ४ जना, कटहरियामा १ र गढीमाईमा २ जनामा कोरोना पुष्टि भएको हो ।















प्रतिक्रिया