४ कार्तिक २०८३, बुधबार

चौरजहारी घटनामा संलग्न आरोपमा थप ३ जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुसिकोट, २९ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा १० जेठमा भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ ।

फरार दुई जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि फरकफरक समयमा २५ जनालाई पक्राउ गरेको थियो ।

अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस