४ कार्तिक २०८३, बुधबार

स्थानीय पदाधिकारीलाई अनलाइन प्रशिक्षण सुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ जेठ । सरकारले स्थानीय पदाधिकारीका लागि अनलाइन प्रशिक्षण सुरु गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो ।

संकट समाधानका लागि स्थानीय सरकारको नेतृत्वकर्ताहरु नै सक्षम हुनुपर्ने निष्कर्षका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज मार्फत प्रशिक्षण सुरु गरेको हो ।

कोभिड १९ को संक्रमणबाट बच्न अनलाइन प्रशिक्षण सुरु गरिएको हो ।

नगरपालिकाका डिपुटी मेयरहरु स्थानीय सरकारका न्यायिक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकारका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट संचार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिन सम्म प्रशिक्षण दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पदाधिकारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुले प्रशिक्षण दिइने छ ।