४ कार्तिक २०८३, बुधबार

८ र १५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा २ पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २९ जेठ । नवलपरासीमा ८ वर्षीया र कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरको छ ।

नवलपरासी (पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका १० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, कञ्चनपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ७ पौलाह बस्ने २५ वर्षीय बिरु चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले बुधबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा ईलाक प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।