
काठमाडौँ, २८ जेठ । कुवेत सरकारले बिहीबार कुवेतबाट ३ सय जना कामदार ल्याइदिने भएको छ ।
जजिरा एअरलाइन्सको जहाजमा उनीहरुलाई काठमाडौँ ल्याइने भएको हो ।
कुवेत सरकारले आममाफी दिएका र आश्रय क्याम्पमा बसिरहेकाहरूलाई नेपाल ल्याइदिन लागेको हो । कुवेतबाट फर्कन लागेका कामदारमा अधिकांश महिला छन् ।
जजिरा एयरलाइन्सको जहाजलाई नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कुवेतबाट काठमाडौं उडानको अनुमति दिएको छ । प्राधिकरणका अनुसार २९ जेठको बिहान ११ः३० बजे र १ः३० बजे गरी दुईवटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
सरकारले विदेशबाट अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने व्यवस्था गर्न थालेको छ ।















प्रतिक्रिया