
काठमाडौँ, २८ जेठ । रुपन्देहीको तिलोत्तमामा भएको ५ जनाको सामूहिक हत्याको आरोपित झसेन्द्र सिंजालीले अभियोग स्वीकार गरेका छन् ।
उनीहरुले आफ्नो चरित्र हत्या गर्ने गरेकाले आफूले रिसको झोँकमा हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
तिलोत्तमा १० मैनहियास्थित गंगादेवी पशु फार्मका ३ जना कामदारसहित स्थानीय २ किशोरको सोमबार राती सामूहिक हत्या भएको थियो ।
हत्यामा संलग्न सुर्खेतको लेकबेँसी गाउँपालिका ५ का ३१ वर्षीय सिंजालीलाई प्रहरीले नियन्त्रण लिएको छ ।
फार्ममा काम गर्ने माधव मुसहर र उनकी श्रीमतीसहितले आफ्नो व्यक्तिगत चरित्रहत्या गरेको सिंजालीले बयान दिएको प्रहरीले जनाएको छ । त्यसैको कारण आफू विक्षिप्त भएर हत्याको योजना बनाएको सिंजालीले स्वीकार गरेको प्रहरीले बताएको छ ।
सोमाबार राती सबैले मदिरा सेवन गरेको र त्यो समयमा पनि आफूमाथि आक्षेप लगाएकोले उनीहरुको हत्या गरेको सिंजालीले बयान दिएका हुन् ।
त्यस्तै, प्रहरीको अनुसन्धानबाट हत्यामा सिंजालीबाहेक अन्यको संलग्नताको संकेत हालसम्म फेला नपरेको जनाएको छ ।
शवहरुको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।















प्रतिक्रिया