
काठमाडौँ, २८ जेठ । नेपालमा थप २७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप २७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो वुधबार थप ९० जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ६७४ जना पुगेको छ ।
हालसम्म नेपालका ७२ जिल्लामा संक्रमण फैलिएको प्रवक्ता गौतमले जनाए ।















प्रतिक्रिया