
काठमाडौँ, २८ जेठ । प्रधामन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सबैको साझा शत्रु भएको भन्दै यसको नियन्त्रणका लागि भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन् ।
उनले सरकारका काम मात्रै नभई जुनसुकै विषयमा पनि सत प्रतिशत शुद्धताको कुरा गाह्रो कुरा भएकाले सरकारका प्रयासहरु पनि सत प्रतिशत ठिक र प्रयाप्त नभएको हुन सक्ने भन्दै उनले सरकारले गरेको लकडाउनको प्रभावकारीका भने देखिएको दाबी गरे ।
केही स्थानमा व्यवस्थापनको कमजोरी देखिए पनि कोभिड–१९ बाट बच्न र बचाउन नागरिकले अवलम्बन गर्ने स्वास्थ्य सर्तकता कायम गराउने सवालमा सरकारका प्रयासले सचेतना फैलिएको दाबी गरे।
उनले कोभिड–१९ संक्रमण बढ्ने क्रम ‘बाँध फुटेको बाढी’ जसरी फुटेकाले केही समस्या भएको भन्दै सरकारको व्यवस्थापन प्रभावकारी ढंगले भएको दाबी गरे ।
उनले आरडीटी वा पिसिआर परीक्षणको विषय राजनीति नभई प्राविधिक भएकाले सोहीअनुसार निर्णय गर्नुपर्ने उल्लेख गरे । बजेट कोरोना नियन्त्रण रोकथाम र उपचार लगायत स्वास्थ्य क्षेत्रमा नै केन्द्रीत भएको स्पष्ट पारे ।
कोरोना रोकथाम नियन्त्रण र उपचारसंग मात्रै सम्बन्धित नभएर मुलुकको अर्थतन्त्र र विकास संग पनि सम्बन्धित भएकाले सोही ढंगले बजेटको व्यवस्थापन गरिएको स्पष्ट पारे ।
पिसिआर परीक्षणको दायरा बढाएको भएपनि विदेशबाट आउनेको संख्या बढेकाले समस्या भएको बताए । उनले क्वारेन्टीन मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्न पठाइएको र मापदण्ड नपुगेका हरुको सुधार गर्दे लैजाने प्रतिवद्धता जनाए। उनले कोरोना संक्रमितको संख्या, परीक्षण तथा स्वास्थ्य पुर्वाधार विकास बारे पनि जानकारी गराए ।
उनले नेपाल फर्कनै पर्ने व्यक्तिहरुलाई नेपाल फर्काउने व्यवस्था मिलाईएकाले क्रमैसँग ल्याइने बताए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि बजेट विनियोजन उपयुक्त ढंगले भएको र तीनको कामको प्रभावकारीता पनि अघि बढेको स्पष्ट पारे ।
उनले सरकारका केही निकायलाई प्रभावकारी काम होस् भन्ने दृष्टिले प्रधानमन्त्री कार्यालय मातहत लगिएको स्पष्ट पारे । प्रधानमन्त्री कार्यालय अनावश्यक शक्ति केन्द्रीत गर्न नलागेको पनि उनले स्पष्ट पारे।
सरकारलाई शक्ति केन्द्रीत गर्नुपर्ने आवश्यकता र कर नभएको भन्दै उनले शक्ति प्राप्ती वा कायम राख्ने नभई सरकारका विभिन्न निकायका अंगहरुको प्रभावकारी परिचालनको लागि त्यसो गरिएको स्पष्ट पारे।
उनले प्रधानमन्त्री कार्यालय मातहत रहेका र पछिल्लो समय मातहत ल्याईएका निकायहरुको काम प्रभावकारी रुपले अघि बढेको दाबी गरे।
उनले कृषिमा आधारित उद्योग लगायत स–साना, घरेलु, लघु, मझौला उद्योगका लागि पूँजी र शीपप्रधान गर्ने काम पनि गर्नुपर्ने भएकाले सोच जस्तो सजिलो नभएपनि कोभिड–१९ नियन्त्रणसँगै सामाजिक जीवनलाई सहज बनाउने बारे बुधबार नै बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने बताए ।















प्रतिक्रिया