
काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक, २०७७ लाई बहुमतले पारित गरेको छ ।
वुधबार प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयक २०७७ पारित होस् भनी प्रस्तुत गरेका थिए ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार जवाफ दिएका थिए ।
यसअघि सांसदहरुले राखेको खर्च कटौती सम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
गत जेठ १५ गते सरकारले आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएको छ ।















प्रतिक्रिया