
तनहुँ, २८ जेठ । बन्दिपुर गाउँपालिका १ उपल्लो फाँटस्थित जंगलमा शिकार खेल्न हिँडेको अवस्थामा ४ जनालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई मंगलबार साँझ १ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ब्यास नगरपालिका १२ सिमलटारी बस्नेहरु १९ वर्षीय संदिप मगर, १९ वर्षीय सन्तोष गुरुङ, २१ वर्षीय सुजन थापा मगर र बन्दिपुर गाउँपालिका ३ बस्ने २१ वर्षीय हिन्जम गुरुङ रहेका छन् । शिकार खेल्न गएकामध्ये बन्दिपुर गाउँपालिका ३ बस्ने २८ वर्षीय धर्मपाल गुरुङ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
अवैध रुपमा भरुवा बन्दुक सहित शिकार गर्न हिँडेका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानु मुकामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया