
काठमाडौँ, २७ जेठ । नेपालमा पछल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत थप ३२३ जना संक्रमित थपिएका जानकारी दिएका छन् ।
यससँगै हालसम्म कुल कोरोना संक्रमितको ४ हजार ८५ जना पुगेको छ ।
त्यस्तै, प्रवक्ता गौतमले थप एक जनाको कोरोनाका कारण मृत्यु भएको बताए । यससँगै मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । त्यस्तै, ५ सय ८४ जना संक्रमितहरु निको भएका छन् ।
प्रवक्ता गौतमका अनुसार देशभरमा हाल आइसोलेशनमा ३ हजार ४ सय ८७ जना रहेका छन् ।
त्यस्तै, १ लाख ६५ हजार ७५ जना क्वारेनटाइनमा रहेका छन् ।
हालसम्म पिसीआर परीक्षणबाट १ लाख ६ हजार ३ सय ३१ र आरडिटी परीक्षण १ लाख ६६ हजार १ सय ५८ जनाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया