४ कार्तिक २०८३, बुधबार

सुस्ता गाउँपालिकामा थपिए १२ जना कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । पश्चिम नवलपरासीमा मंगलबार थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबै सुस्ता गाउँपालिकाका हुन् । थपिएकाहरु सुस्ता गाउँपालिका वडा नं. १ का ६ जना, वडा नं. ३ का २ जना, ४ मा १ जना र ५ मा ३ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरु १६ देखि ५० वर्ष उमेर समूहका रहेका छन् । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । जेठ २० गते परीक्षणका लागि स्वाब संकलन गरेर काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो ।

उनीहरु सुस्तामै आइसोलेसनमा बस्ने भएका छन् ।