
काठमाडौँ, २७ जेठ । सरकारले विभिन्न देशबाट २४ हजार नेपाली नागरिकलाई स्वदेश ल्याउने भएको छ ।
परराष्ट्र मन्त्रालयले ३० देशका २४ हजार १ सय ४८ जना नेपाली फर्काउने सूची कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई उपलब्ध गराएको छ ।
सबैभन्दा बढी मलेसियाबाट ल्याइने भएको छ । त्यहाँबाट ६ हजार ४ सय ३५ जना ल्याइनेछ भने लाओसबाट २ जना मात्रै आउँदैछन् । विभिन्न १५ वटा प्राथामिकता तोकेर नेपाल आउन चाहनेको सूची बनाइएको थियो ।
उक्त प्राथामिकताका आधारमा विभिन्न नियोगहरुले सूची बनाएका हुन् ।
जसमा अमेरिका, क्यानडा, साउदीलगायतका देशबाट नेपाली ल्याइने भएको हो ।















प्रतिक्रिया