७ मंसिर २०८३, सोमबार

उपत्यकाको कर्णाली सुगम बनाउने सिलवालको लक्ष्य,  ललितपुर–१ मा पुगेको बजेट यस्तो छ

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । उपत्यकाको कर्णाली मानिने ललितपुर–१ का प्रतिनिधि सभा सदस्य नवराज सिलवालको पहलमा विभिन्न क्षेत्रमा बजेट बिनियोजन भएको छ ।

नेपाल सरकारको आर्थिक बर्ष २०७७–७८ का लागि बिनियोजित बजेटको बुकमा समावेस भएका विषय विविध छन् । सांसद सिलवालको गोदावरी–३ टौखेल, चापागाउँ, छम्पी, डुकुछाप सडक केन्द्रीय बजेटमा परेको छ ।

यस्तै, गोदावरी–१४ हाडीगाउँ–गोदामचौर–बिशंखुनारायण हुँदै चापाखर्क जाने सडक, गोदावरी कुण्ड, काभ्रे मानेचौर जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि पनि रकम विनियोजन भएको छ ।

लेले चन्दनपुर सडक अन्तर्गत नल्लु हुँदै तिप्ले भझ्याङ जोड्ने, मध्यमार्गी उन्युचौर देखि गोटिखेल सडक स्तरोन्नती, लेले चन्दनपुर सडक स्तरोन्नती, भट्टेडाडा, कलवन, माझखण्ड, आस्राङ सडक, रातोमाटे, कालेश्वर, वेथानचोक पनौती सडकका लागि पनि बजेट परेको छ ।

यसैगरी, चुनदेवी, छम्पी, टिकाभैरव सडक स्तरोन्नती, गोदावरी नगरपालिका–१० प्याङगाउ, बोहोराटार, चापागाउँ स्वास्थ चौकी, विष्ट गाउँ, वडिखेल सडक स्तरोन्नतीका लागि बजेट परेको छ । , वडिखेलदेखि घ्याप्डेडाँडा, विष्टगाउँ सडकका लागि ६० लाख रुपैंया परेको छ ।

कृषिलगायतका क्षेत्रमा पनि बजेटमा पार्न सिलवालको अग्रसरता देखिएको छ । गोदावरी नगरपालिकाका लागि ३६ लाख,  कोन्जयोसोम गाउँपालिकाका लागि १ करोड १० लाख, महांकाल गाउँपालिकाका लागि१ करोड ६० लाख, बागमती गाउँपालिकाका लागि ६९ लाख बजेट पार्न सिलवाल सफल भएका छन् ।

‘यी क्षेत्रका कृषि उपजलाई कसरी उपत्यका छिराउने भन्ने विषयमा म चिन्तित छु’, सिलवाल भन्छन् । यसैगरी, गोदावरी खोला करिडोर गोदावरी, ग्वार्कोका लागि २ करोड ७० लाख, कर्मनाशा कोरिडोरका लागि ६ करोड बिनियोजन भएको छ ।

यता, चापागाउँ ऐेतिहासिक नगर विकास, सघन सहरी विकास गोदावरी नपा चापागाउं बसपार्क निर्माण कार्यका लागि पनि नेपाल सरकारको केन्द्रीय बजेट पार्न सिलवालको पहल महत्वपूर्ण भयो ।

ईकुडोलमा सस्पेन्सन बृज डिभिजन, माल्टा झोलुंगे पुल, थोस्ने खोला पुल कोन्ज्योसोम, खानीखोला, मजुवा, वागमती खोला, कौसेवेसी , खुर्मी खोला ट्रस, महांकाल, लोयोडाडा सेपीले झोलुंगे पुल, ठोस्ने खोला सडक पुल, छपेली भट्टेडाडा सडक, टुङ्गुन खोला पुल चन्दनपुर बजार, गिदावरी खोला पुल हरिशिद्धि गोदामचौर ८ विशंखूनारायण, वागमती नदी पुल, सेतिदेवी छम्पी जोड्ने पुल, गोदावरी खोला पुल , हाडेगाउँका लागि पनि बजेट पार्न सिलवाल सफल भए ।

सुभाने दोभान सिचाईं योजना गिम्दी १२० हेक्टरका लागि ४० लाख, राजकुलो सिंचाइ योजना टिकाभैरवका लागि २५ लाख, माल्टा सिचाई योजना वाग्मती गाउपालिकाका लागि २० लाख, गोटीखेल सिचाई योजनाका लागि १० लाख, कालेश्वर चिलागने थुम्का लिफ्टिङ सिचाई योजना, चौघरे कोन्ज्योसोम लिफ्ट सिंचाई योजना, ठुलादुर्लुङ लिफ्ट सिचाई योजना, दलचोकी महाभिर कोन्ज्योसोम लिफ्ट सिचाई योजना, राजकुलो टिकाभैरव लिफ्ट सिचाई, वडिखेल लिफ्टिङ सिचाई योजनाका लागि पनि बजेट बिनियोजन भएको छ ।

यसैगरी, स्वास्थ्य क्षेत्रमा गोदावरी नगरपालिकालाई ८ करोड २१ लाख, कोन्ज्योसोम गाउँपालिकाका लागि २ करोड ४७ लाख, महांकाल गाउँपालिकाका लागि २ करोड ४२ लाख, बागमती गाउंपालिकाका लागि ३ करोड १९ लाख बजेट बिनियोजन पार्न सिलवालको भूमिका बलियो बन्यो ।

बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि सिलवालको पहल सफल भएको छ । विवरणअनुसार यस कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिकालाई ६३ लाख, कोन्ज्योसोम गाउँपालिकालाई ६३ लाख, महांकाल गाउँपालिकालाई ६३ लाख, बागमती गाउपालिकालाई ६३ लाख रुपैंयाको प्रधानमन्त्री रोजगार कार्यक्रम शिर्षकमा रकम उपलब्ध हुनेछ ।